चीनबारे अमेरिकी धारणा बढी नकारात्मक : सर्वेक्षण

समाचार

12/4/2020

काठमाडौं, १९ मंसिर । धेरैजसो अमेरिकीहरुले कोरोना भाइरसको संक्रमणका लागि चीनलाई दोषी मान्दै आएका छन् ।

‘इकोनोमिस्ट यु गोभ’को एक सर्वेक्षणले करिब दुई तिहाइले कोरोना भाइरसको संक्रमण फैलिनुको जिम्मेवार चीनलाई मान्ने गरेको पाइएको छ ।

सर्वेक्षणका क्रममा सबैजसो रिपब्लिकनहरुले कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिनुको जिम्मेवार चीन रहेको बताएका थिए, भने ४४ प्रतिशत डेमोक्रयटहरुले पनि चीनलाई नै जिम्मेवार रहेको बताएका थिए ।

सर्वेक्षणका क्रममा मानिसहरुलाई ‘के कोरोना भाइरसको महमारी फैलिनुमा चीनलाई जिम्मेवार ठान्नु हुन्छ ?’ भन्दै प्रश्न गरिएको थियो । प्रश्नको जवाफमा डेमोक्र्याट्समध्ये— १४ प्रतिशत पक्कै हो, ३० प्रतिशतले हुनसक्छ, २६ प्रतिशतले हुनसक्दैन र १८ प्रतिशतले हुँदै हौइन भनेका थिए ।

त्यस्तै स्वतन्त्रतर्फका— ३९ प्रतिशतले पक्कै हो, ३० प्रतिशतले हुनसक्छ, १७ प्रतिशतले हुनसक्दैन् र १४ प्रतिशतले बेलकुल होइन भनेका थिए । रिपब्लिकनतर्फका भने— ६४ प्रतिशतले पक्कै हो, २२ प्रतिशतले हुनसक्छ, ९ प्रतिशतले हुनसक्दैन र ५ प्रतिशतले बेलुकुल हैन भनेका छन् ।

पछिल्लो समय अमेरिकामा चीनप्रतिको नकारात्मक धारणा बढ्दै गएको हो । यसअघिको एक सर्वेक्षणमा एक तिहाइ अमेरिकनले मात्रै चीन साथि या मित्रवत् देश बन्नसक्ने बताएका थिए ।

तर, ट्रम्प प्रशासनको कडाइपछि र चीनका पछिल्ला घटनाक्रमपछि अचेल अमेरिका ४ जनामध्ये १ जनाले मात्रै चीनप्रति सकारात्मक धारणा राख्ने गरेको पाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष गरिएको एक पोलमा १७ प्रतिशतले मात्रै चीनप्रति सकारात्मक धारणा राखेको पाइएको छ । त्यसपछि गत महिना गरिएको पोलमा भने १२ प्रतिशतमा यो संख्या झरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ