रुपन्देही, ६ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि देशको विभिन्न स्थानमा नेपालीहरुले विरोध गरेका छन् ।
नेपाली भूमिमा चिनियाँ पक्षले घर बनाएकाहरुलाई तत्काल हटाउन उनीहरुले माग गरेका छन् ।
चिनियाँ अतिक्रमणविरुद्ध लम्बिनी नागरिक समाजले लुम्बिनीमा विरोध प्रदर्शन गरेको छ ।
प्रहरीको हस्तक्षेपका बावजुद तिनीहरुले विरोध प्रदर्शन गरेका हुन् । भीड जुटिरहेको बेला प्रहरीले हस्तक्षेप गरेका थिए ।
जसपाका स्थानीय नेता तथा नेपाल भारत खुला सिमा संवाद समूहका रुपन्देही अध्यक्ष महेन्द्र गुप्ताको नेतृत्वमा सो प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शनमा अजाद गुप्ता, मनोज यादव, राकेश गुप्ता, घन्श्याम लोघ, बिनोध लोघ, सुरेन्द्र हरिजन, दिलिप यादव लगायतका दर्जनौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो क्रममा चीन विरुद्ध नारावाजी गर्दै ‘हाम्रो भूमि खाली गर, चिनियाँ विस्तारवाद मुर्दावाद, चिनियाँ दादागिरी बन्द गर’ लागायतका नाराहरु लगाइएको थियो ।
तपाईको प्रतिक्रिया