चिनियाँ अतिक्रमण रोक्न कर्णालीबासीलाई एकजुट बन्न आग्रह

समाचार

10/15/2020

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ ।

जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीतिमा लागेको आरोप लगाउदै सीमा संरक्षणका लागि कर्णालीबासीलाई एकजुट हुन आह्वान गरे । उनले भने, ‘हाम्रा छिमेकी मुलुक भारत र चीन हुन् यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनुपर्छ, तर सीमानै मिचेको विषयमा भने हामी समै एकजुट बन्नुपर्छ ।’

कर्णाली प्रदेशको कालिकोटमा सीमा अतिक्रमणविरुद्ध आयोजित कार्यक्रममा उनले चीनले उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

कर्णाली प्रदेशको सीमा चीनसँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्ध एकजुट हुन जरूरी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ