चिनियाँ हस्तक्षेप खेदजनक, कथित राष्ट्रवादीहरुको मौनता रहस्यमयी : राज्यमन्त्री मण्डल

समाचार

12/28/2020

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टीको विभाजनमा अलि बढी नै चाँसो लिइरहेको छिमेकी राष्ट्र चीनको गतिविधिप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले चिनियाँ सक्रियताप्रति आशंका व्यक्त गरेका छन् ।

‘पंचशील सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिको धज्जी उडाउँदै चिनियाँ कुटनीतिज्ञद्वारा भैरहेको आन्तरिक हस्तक्षेप खेदजनक छ ।’ राज्यमन्त्री मण्डलले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पार्टी संचालनदेखि राज्य संचालन तहसम्ममा देखिएको माइक्रो म्यानेजमेन्ट शैली असह्य रहेको धारणा राखेका छन् ।

‘कथित राष्ट्रवादीहरुले साधेको अटुट मौनता रहस्यमयी छ ।’ उनले भनेका छन्, ‘तसर्थ सम्पूर्ण राष्ट्रभक्त मधेशीहरु नेपालको स्वाभिमान रक्षार्थ चिनियाँ हस्तक्षेपको खुलेर विरोध गरौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ