लहान, २५ मंसिर । नेपालमा चिनियाँ हस्तक्षेप बढेको विरोधमा सिरहाको लहानमा प्रदर्शन गरेको छ ।
‘सरिता गिरी समर्थक समूह’ले लहानमा चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो । र्यालीमा ‘गो ब्याक चाइना’, ‘नेपालको राजनीतिमा चीनको हस्तक्षेप बन्द गर’, ‘चीनले मिचेको नेपाली भूमी फिर्ता गर’ जस्ता नारा लगाइएको थियो । नेपालको राजनीतिमा बढेको चिनियाँ हस्तक्षेपकै कारण नक्सा प्रकरणमा नेतृ सरिता गिरीलाई कारबाही गरिएकाले प्रदर्शनमा उत्रन बाध्य भएको सहभागीहरूले बताएका छन् ।
प्रदर्शन पछि भएको कोणसभामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ गिरीले नक्सा प्रकरणमा संसदमा उठाएका आफ्ना आवाज जायज रहेकी दाबी गरिन ।
तपाईको प्रतिक्रिया