वीरगन्ज, ३ मंसिर । जमिअत उल्माए नेपालद्वारा जिल्ला प्रशासन कार्यालय पर्सामा चीनविरुद्ध ज्ञापनपत्र बुझाएको छ ।
चीनको उइगुरमा मुस्लिम समुदायमाथि दमन, शोषण र मानवअधिकार हनन तथा उल्लंघन भइरहेको विरुद्धमा बुधबारको दिनमा वीरगंजको छपकैया २ मा रहेको यतीम खाना (अनाथालय) देखि घन्टाघरसम्म शान्तिपूर्व विरोध रैली निकाली नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख आसमान तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।
जमिअत उल्माए नेपालको केन्द्रीय सहअध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा चीन सरकार विरुद्ध नेपाल सरकारमार्फत चीनमा उइगुरका मुस्लिमहरुप्रति भइरहेको अत्याचार, मानवअधिकारको हनन् तथा उल्लंघन र शोषणको विरोध गरेको छ ।
विरोध कार्यक्रममा केन्द्रीय सचिव मौलाना अमिर हम्जÞा, केन्द्रीय सदस्य मौलाना सबिर काश्मी, मुफ्ती जहुर, अहमद नोमानी र जिल्ला पर्सा जमिअत उलेमा नेपाल अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, त्यसैगरी जिल्ला बारा जमिअत उलेमाए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर, विद्यार्थी संघ नेपाल) जिल्ला पर्साको अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बाराको अध्यक्ष सगीर काश्मी सचिव मोहम्मद जावेद लगायत बिभिन्न मुस्लिम समुदायका मुस्लिम अगुवाहरु को उपस्थिति रहेको केन्द्रीय सहअध्यक्ष मौलाना अलि असगर मदनीले बताए ।
तपाईको प्रतिक्रिया