चौरसियाका हत्यारालाई कारबाही गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

समाचार

10/28/2020

वीरगन्ज, १२ कार्तिक । सत्तारूढ नेकपाका विन्दवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाही माग गर्दै पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।

मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा मंगलबार धर्ना दिएका हुन् ।

कात्तिक ६ गते सो गाउँपालिकाको बहुअर्वाभाठामा भएको शपथ ग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन् । शव पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ