वीरगन्ज, ७ कार्तिक । वीरगंज महानगरपालिका वडा नं.१० निवासी बबिता तिवारीको घरमा चोरी भएको भन्दै आफ्नै छोरा राजन तिवारीसहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी सम्सान घाटमा रहेको अस्थायी प्रहरी चेकपोष्टमा दिएकी छिन् ।
अस्थायी प्रहरी चौकीमा परेको निवेदनमा पक्राउ गरि कार्वाहीका लागि माग गरेकाहरुमा स्थानीय युवाहरु, राजन तिवारी, मन्दीप माली, प्रयाग तिवारी, कौशल उपाध्याय र सुदामा सरार्पm रहेका छन् ।
यस विषयमा घरिअर्वाका स्थानीयहरु अस्थायी प्रहरी चौकीमा गई के कारणले यी सोझासाझा युवाहरु माथी गम्भीर आरोप लगाइएको भनेर विरोध गरेका छन् । जुन युवाहरु माथी आरोप लागिएको उनीहरु चौकीमा स्वयम हाजीर भएपछि उजुरीकर्ताहरु नआउँदा स्थानीय लगायत केहि राजनीतिक दलका युवाहरु प्रहरी चौकीकै प्राँगणमा विरोध प्रदर्शन गरेका थिए ।
स्थानीयहरुले राजन तिवारीसँग सोधपुछ गर्दा मेरो घरमा विभिन्न किसिमका व्यक्तिहरु आउँदा मलाई घरबाट बाहिर निकाली घरमा बस्दै आएकोलाई मैले विरोध गर्दा म लगायत मेरो आसेपासेहरु माथी गम्भीर चोरीको आरोप लगाई फसाउन खोज्ने सड्यन्त्र गरिएको छ ।
सोको विरोधमा विपक्षीहरु माथी मानहानीको मुद्दा र घरमा आउने विभिन्न व्यक्तिहरुको पहिचान गरी कार्वाहि गरिने जिल्ला प्रहरी पर्सामा माग गरिएको छ ।
तपाईको प्रतिक्रिया