जनकपुरधाम, २८ साउन । जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो ।
उपचारकै क्रममा गिरीको निधन भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । गिरी विभिन्न रोगले पहिलेदेखि नै ग्रसित थिए ।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । २०४२ सालमा जनकपुरको मेयर बनेका गिरीका श्रीमती र दुई छोरा छन् ।
यता, ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनी मेनेन्जाइटिसको समस्या देखिएपछि गत साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया