जनमत पार्टीको प्रथम वडास्तरीय अधिवेशन सम्पन्न, मिर्चैया–१० मा किशोरी साह निर्वाचित

समाचार

9/9/2020

सिरहा, २५ भाद्र । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो प्रथम महाधिवेशनको तयारी सुरु गरेको छ । सोही अन्तर्गत जनमतको प्रथम वडास्तरीय अधिवेशनसमेत सम्पन्न भएको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–१० बाट वडा अधिवेशनको सुरुवात भएको हो । बुधबार सम्पन्न अधिवेशनबाट मिर्चैया–१० मा किशोरी साह निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशन समिति सिरहाको प्रतिनिधि तथा पर्यवेक्षक वीरेन्द्र गामीको अध्यक्षतामा र जिल्ला अधिवेशन समिति अध्यक्ष तथा सिरहा जिल्ला इन्चार्ज बिजय साह, अधिवेशन समिति सदस्यहरू, निर्मल मण्डल, संतोष यादव, कबिता सिंह र कपलेश्वर यादव लगायत जिल्लाभरि बाट आमन्त्रित स्वराजी नेता तथा कार्यकर्ताहरूको एवं स्थानिय आम जनसामुदायहरुको सहभागिता थियो ।

मिर्चैया–१० मा साहको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मतबाट निर्वाचित भएको हो ।

जसको उपाध्यक्षद्वयमा कबिलासी देवी महरा र संजय महतो, सचिवमा इन्द्र कुमार सिंह, सह–सचिवमा श्याम कुमार महरा र कोषाध्यक्षमा विन्देश्वर चौधरी निर्वाचित भएका हुन् ।

यसैगरी, सदस्यहरुमा असलानी सदा, विजय कुमार साह, एकलास देवी सदा, महेश्वर महरा र शारदा देवी महरा निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारीहरूलाई अधिवेशन पर्यवेक्षक बिरेन्द्र गामीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएपश्चात निर्वाचित पदाधिकारीहरुलाई पदको प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

जनमत पार्टीले आफ्नो प्रथम महाधिवेशन यही वर्षभित्र सम्पन्न गर्ने गरी वडास्तरीय अधिवेशनबाट सुरुवात गरिएको अधिवेशन समितिका सदस्य निर्मल मण्डलले मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ