जनमत पार्टी बाँकेको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

समाचार

10/6/2020

बाँके, २० असोज । जनमत पार्टी बाँकेले डुडुवा गाउँपालिका सुब्बापुर्वामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाँकेले जिल्लामा पार्टी विस्तार गर्ने क्रममा सोमबार एक विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

जनमत पार्टी बाँकेले जिल्लाको पार्टी बिस्तार अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–६ सुब्बापुर्वामा जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषको निवास स्थित कार्यक्रमको आयोजना गरेको थियो ।

करिब राती १० बजे सम्म संचालित कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषले भने “जनमत पार्टी अन्तर्गत रहेर हामीले राजनीति गर्ने होइन बरु मधेस जनतालाई राजनीति गर्न सिकाउन लागी आएका छौं । जनताको लागि निस्वार्थ भावनाले काम गर्छु भनेर चुनावको समयमा जनतालाई बेकुप बनाएर भोट लिएर जिति सके पश्चात जनता कुन हालतमा छ भन्ने विषयमा कुनै नेता राजनीति दल हेर्न समेत आएको छैन्न।” उनले प्रश्न गर्दै भने, आज ती राजनिती दल र नेता कहाँ छन जस्ले भन्दै गर्थियो म सामाजमा घटिरहेको घटनालाई, भ्रष्टाचारीलाइ कार्वाही गर्छु, सभ्य सामाजको निर्माण गर्छु? त्यसैले जनता जागरूक हुन जरुरी रहेको शेषले बताए । मधेस अभियानता रावत लगायतका जनमत पार्टी संग आबद्ध कार्यकर्ताहरु जनताकै लागी जेल समेत भोग्दै आएका छन ।” नेपाल सरकारले नेपाली नागरिकता विषयमा समेत आफ्नो धारण राखेका थिए ।

जनमत पार्टी बाँके सदस्य शैलेन्द्र कर्णले हाल जनमत पार्टी बाँके पार्टी बिस्तारको क्रममा रहेको हुँदा शिशु अवस्थामा रहेको बताएका छन । शिशु अवस्थामा भए पनि संघर्ष गरि रहेका छौ अवश्य पनि एक दिन फल प्राप्ति हुने विषयमा जोड दिए । अहिले मधेश दुःख भोगी रहेको, सेवा सुबिधाबाट बन्चित रहेको भन्दै नागरिकता विषय समेतमा जोड दिए ।

यस्तै महिला सदस्य नाजमा बागवान, रियाज अन्सारी, जाबिर हल्वाइ लगायतका नेता कार्यकर्ताले आफ्ना मन्तव्य राखेका थिए ।

विद्यार्थी जनमत संघका रियाज अन्सारीले संचालन गरेको कार्यक्रममा करिब २०० बन्दा बढी गाउँघरका व्यक्तिहरु बिच पार्टीको अधिबेशन, बिस्तार कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ