काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले १८ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।
अध्यक्ष यादवले सरकारले संसद विघटनको घोषणा गरी प्रतिनिधि सभाको निर्वाचन समेतको मिति घोषणा गरेकोमा नेपाल सरकारको यस स्वेच्छाचारी कदमबाट संवैधानिक संकटमात्र होईन, दुरगामी रुपमा राजनितिक अस्थिरता जन्मिनुका साथै देश अराजकताको दिशातिर जानसक्ने प्रवल आशंका व्यक्त हुन थालेका अवधारणा पत्रमा उल्लेख गरेका छन् ।
अवधारणा पत्रमा भनिएको छ, ‘संसद विघटनको घोषणाको संवैधानिकता परीक्षण सर्वोच्च अदालतले गर्न बाँकी नै छ । तर जुन पृष्ठभुमि र परिवेशमा यो कदम चालिएको छ, संवैधानिक परिषद सम्बन्धि अध्यादेश प्रकरणको मुद्दा सर्वोच्च अदालतमा चलिरहदा पनि प्रधानन्यायाधीश समेत संलग्न संवैधानिक परिषदले विभिन्न संवैधानिक पदहरुमा नियुक्तिको सिफारिश गरिएको छ तथा पछिल्ला दिनहरुमा प्रधानमन्त्री स्वयंले कसैले पनि संसद पुर्नस्थापन गर्न सक्दैन भन्ने खालका अभिव्यक्तिहरु दिनुभएको छ यसले चिन्ताहरुलाई थप बढाएको छ । चिन्ता यसपाली प्रतिनिधि सभा विघटन भयो भन्नेमा मात्र सिमित छैन अपितु यस घोषणाले नेपालको संविधानलाई नै मृततुल्य तुल्याइदिएको छ र पुनः सरकारहरुले यस्तै स्वेच्छाचारी कदमहरु चाल्ने हुन कि भन्ने डर सिर्जना गरिदिएको छ ।’
जसपा अध्यक्ष उपेन्द्र यादवको अवधारणा पत्र
तपाईको प्रतिक्रिया