जसपाको मागप्रति सरकार सकारात्मक र गम्भीर छ : नेम्वाङ

समाचार

3/10/2021

काठमाडौं, २६ फागुन । सत्तारुढ नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी नेपालको मागप्रति सरकार सकारात्मक र गम्भीर रहेको बताएका छन् ।

उनले सरकार जसपासँग निरन्तर वार्ता र सम्वादमा रहेको बताउँदै भने, ‘संसदको बैठक बस्नभन्दा पहिला पनि जसपासँग छलफल भएको थियो । जसपाको मागप्रति सरकार सदासर्वदा सकारात्मक थियो र छ ।’

नेम्वाङले जसपासँग सत्ता सहकार्यबारे छलफल नभएको पनि प्रष्ट्याएका हुन् । सांसद रेशमलाल चौधरी लगायत मधेश आन्दोलनका बेला भएका मुद्दा मामिलाबारे फिर्ताका लागि जसपा सरकारसँग वार्तामा रहेको उनले जानकारी दिए ।

सरकार कानूनबमोजिम अगाडि बढ्ने बताउँदै नेम्वाङले सोही आधारमा सरकार सकारात्मक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ