जसपानिकट जनवर्गीय संगठनद्वारा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

समाचार

10/3/2020

काठमाडौं, १७ असोज । जनता समाजवादी पार्टी नेपालका जनवर्गीय संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको मर्म र भावनाविपरीत जनतामाथि नै निरंकुशतन्त्र व्यबहार गरिरहेको आरोप लगाउँदै २ घन्टा विरोध प्रदर्शन गरेका छन् ।

डा.गोविन्द केसीसँग पटक–पटक कांग्रेस र नेकपा नेतृत्वको सरकारले बेइमानी गरि जनताको आवाजलाई दबाउने कार्यको बिरोध र डा केसीको माग आम जनताको माग भएकोले यसलाई अविलम्ब सम्बोधन गर्न र डा. केसीको जीवन रक्षा गर्न गर्न दबाबस्वरुप प्रदर्शन गरिएको जसपानिकट राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निष्पक्षले जानकारी दिएका छन् ।

त्यस्तै निर्मला हत्याकान्डका दोषीलाइ हालसम्म कारबाही नगरि मुलुकको विभिन्न जिल्लामा पटक–पटक भएको बलात्कारको घाटनाहरुको दोषीलाई कारवाही नगरी जनताको अवाजलाई दवाइ न्यायको प्रत्याभूत गराउन नसकेको सरकारले अबिलम्ब दोषीलाई कडाभन्दा कडा कार्वाही गरि जनतालाई न्याय दिन माग गरेका छन् ।

यसैगरी, वैश्विक महामारी कोरोनाको नाउँमा राहतका लागि २० अर्बभन्दा बढी सरकारको मातहतमा भएको भ्रष्टाचार र भ्रष्टाचारीलाई कारबाही गरि गरिब, निमुखा असहाय, बेरोजगार जनतालाई राहतको प्याकेजको अबिलम्ब घोषण गर्न र भ्रष्टाचारिलाई कारबाही गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।

देशमा दिनहुँ भैरहेको हत्या हिंसाको घटनामा सरकार उदासीन रहेकोले अविलम्ब जनतालाई न्यायको प्रत्याभूत गराउन, शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार रहेकोले संविधानमा उल्लेख भएबमोजिम निःशुल्क शिक्षा र सवास्थ्य प्रणाली कडाइका साथ लागू गर्न लगायतका माग राखी जसपानिकट जनवर्गीय संगठनहरु आन्दोलनमा उत्रेको राविसंघका महासचिव निष्पक्षले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ