काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
बैठकले विधान पारित गर्ने सम्भावना रहेको उनले बताए । केही दिनअघि बसेको बैठकमा विधान बाँडिएको थियो । बैठकले आजै संसदीय दलको नेता पनि चुन्न सक्ने सम्भावना रहेको उनले बताए ।
‘अघिल्लो बैठकमा विधान अध्ययनका लागि बाँडिएको थियो । आज विधान पारित हुन्छ होला । सम्भवतः आजै संसदीय दलको नेता पनि छानिन सक्नुहुन्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया