काठमाडौं, २८ फागुन । जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
जसपा नेताहरुले शुक्रबार ४ बजे प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग उनकै निवासमा पुगेर छलफल गर्ने भएका हुन् ।
‘जसपा नेताहरुले दिउँसो ४ बजे सभापति देउवासँग भेटवार्ता गर्ने गरी कार्यक्रम तय भएका छ’, देउवाका स्वकीय सचिव भानु देउवाले भने ।
जसपा शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम जसपा नेताहरुले बिहीबार साँझ प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु छलफल गरेका थिए । जसपा नेताहरुले एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि जसपा नेताहरुले नयाँ सत्ता समीकरणबारे छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया