काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिवासमा ६ वर्षिय बालिका गुलाबशाह खातुनको बलात्कार र हत्याबारे जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृषेश चन्द्र लालले अपराधीलाई अधिकतम् सजाय दिनुपर्ने अपिल गरेका छन् ।
उनले बुधबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘बालिकको बलात्कार र हत्या जघन्य अपराध हो । अपराधीलाई कानून बमोजिम कडा भन्दा कडा सजायको मांग गर्दै शोकसंतप्त परिवार र समाजप्रति हार्दिक संवेदना प्रकट गर्दछु ।’
‘अपराध अपराधीको वा अपराध गर्ने अपराधी समूहको कुकृत्य हो । अपराधको परिवार, जाति, धर्म वा सम्प्रदायसंग कुनै सम्बन्ध हुँदैन । त्यसैले कुनै पनि अपराधलाई जातिय,धार्मिक,सम्प्रदायिक अथवा राजनीतिक रुप दिनु भनेको समाजमा विग्रह र बिभाजन ल्याउनु हो । यो आफैं नै एउटा अपराध हो ।’ अपिलमा भनेका छन् ।
उनले अपिलमा ‘त्यसकारण सबै राजनीतिक दल र सामाजिक संस्था र सामाजिक राजनैतिक कर्मीहरूले संयुक्त रुपमा यसका लागि भूमिका खेल्न हुन तथा शान्तिसुरक्षाको स्थिति कायम गर्न सहयोग गर्न हुन हार्दिक अनुरोधको साथै शान्ति सुरक्षा व्यवस्थापन गर्ने प्रहरी र प्रशासनसंग कर्तव्यपालन गर्दा न्यूनतम बल प्रयोग र अपराधीलाई कानूनसम्मत अधिकतम सजायभागी बनाउन कुनै कसर नछोड्न अपील गर्दछु ।’ उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया