काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी नेपाल देशको विविधताको परिचायक रहेको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
थारु अधिकारकर्मी, बुद्धिजिबी, संघर्षशील मोर्चाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले पार्टी निर्माण प्रक्रियामै रहेको र सम्पूर्ण नेपालको सामाजिक बनौटको विविधता झल्किने गरि पार्टीको संरचना तयारी गरेका दाबी गरेका छन् ।
उनले सबै समुदायलाई यसमा आबद्ध हुन आवाहन गर्दै कसैलाई पनि शंका उपशंका नगर्न बताउँदै जसपा पीडितहरुको पार्टी रहेको बताए ।
‘पहाडमा जनजाति, दलित, महिला, अल्पसंख्यकहरु पडित छन् भने समग्र मधेश र थरुहट पनि पीडित नै छन् ।’ ठाकुरले भने, ‘हामी सँगै संघर्ष गरेर लोकतन्त्र ल्यायौ र अब संगै मेलेर आधुनिक समाजको रुपमा नेपाललाई रुपान्तरित गर्नु पर्ने छ ।’
समानता, सामाजिक न्याय, आर्थिक उन्नति एवम् समान अवसरका लागि कार्य गर्नुपर्ने उनको तर्क छ । थरुहट र मधेश भावनात्मक रुपमा एक रहेको कुरा बिगतको हाम्रो एकताबद्ध संघर्षले नै प्रमाणित गरेको छ, उनले भनेका छन् ।
सांसद रेशम लाल चौधरीलाई जसपाले नबिर्सेको बताउँदै हरेक बैठकमा उनको लागि आवाज उठाइ नै रहेको जिकिर गरे ।
व्यक्तिगत भेटघाटमा प्रधानमन्त्रीले सांसद चौधरी निर्दोष रहेको बताउने तर कानुनको परिबन्धमा पारेर राज्य निरङ्कुशताको परिचय दिइराखेको आरोप ठाकुरको छ ।
‘हाम्रा मन्त्री, सांसादहरुमाथि मुद्दा लगाइएको छ । राज्य एकात्मक र केन्द्रिकृत हुँदै गएको छ । तसर्थ हामी पिडितहरुको विच एकताको विकल्प नरहेको दोहर्याउन चाहन्छु,’ ठाकुले भने ।
कार्यक्रमको संयोजन वरिष्ठ नेता राजेन्द्र महतोले गरेका थिए भने कार्यक्रममा अर्का वरिस्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिस्ठ नेता अशोक राईको समेत उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया