जसपा सत्ता समीकरणको दौडमा छैन : बाबुराम भट्टराई

समाचार

3/12/2021

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराइले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन् ।

पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला ट्वीट गर्दै भट्टराईले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको उनको भनाइ छ ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है ।’

तर जसपाका नेताहरुले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग नयाँ सत्ता समीकरणबारे छलफल गरेका थिए । जसपाले कांग्रेस र नेकपा माओवादी केन्द्रसँग पनि छलफल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ