काठमाडौं, २५ कार्तिक । जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रा.१ख१६९३ नम्बरको टिपरले मंगलबार बिहान लु.२९प६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय बुद्धपोली क्लिनिक गोरुसिंङ्गेमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया