टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु, एक घाइते

समाचार

9/12/2020

रुपन्देही, २८ भाद्र । टिपरको ठक्करबाट स्कूटरमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ एक प्रहरी जवान घाइते भएका छन् ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाट प्रहरी जवान अमित श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अर्का प्रहरी जवान सन्तोषी थारु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बागलुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए । घाइते प्रहरी जवान थारुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ