टिपर, ट्याक्टर र साइकल ठोक्किँदा एकको मृत्यु

समाचार

10/28/2020

पर्सा, ९ कार्तिक । बीरगंज महानगरपालिका–१६ नगवाचोकस्थित सडकमा ना.३ ख ९४२८ नम्बरको टिपर, अनटेष्ट लेखेको ट्याक्टर र सोही स्थान बस्ने ३२ वर्षीय गौरी शंकर मिश्राले चलाएको साईकल आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री गौरी शंकर मिश्राको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्री मिश्राको नारायणी अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्याक्टर चालकको खोजी कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ