ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

1/11/2021

कैलाली, २७ पुस । टीकापुर नगरपालिका–१ लम्कीपुलस्थित सडकमा भे.१ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँस्थित बनगाउँ बस्ने ३७ वर्षीया सरुपा तिवारी जैशीको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानिय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ