रुपन्देही, ११ कार्तिक । रोहिणी गाउँपालिका–३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका-३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया