रुपन्देही, १२ भाद्र । रुपन्देहीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका–५ बुद्दनगरस्थित सडकमा शुक्रबार बिहान ना.६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–६ कलौनी बस्ने छत्र बहादुर बिकको १६ वर्षीय छोरा बिनोद विकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बिनोदको लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया