ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

8/30/2020

बाँके, १४ भाद्र । राप्तीसोनारी गाउँपालिका–८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३ वर्षीय लिलाधर खड्का र घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खड्कालाई सर्पले टोकेर घाइते भएपश्चात उपचारका लागि लैजाने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ