ट्रकले साइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

11/30/2020

रौतहट, १५ मंसिर । चन्द्रपुर नगरपालिका–८ स्थित सडकमा ना. ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र ना. ५४ प ७३३३ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

स्कुटरमा सवार चन्द्रपुर नगरपालिका–८ मोतिपुर बस्ने ६५ वर्षीया देवकी देवी आचार्यको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी देवकीको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका साइकल चालक र स्कुटर चालकको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ