डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगन्जमा धर्ना तथा प्रदर्शन

समाचार

10/6/2020

वीरगन्ज, २१ असोज । २४ दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसीको माग पूरा गरी जीवनरक्षाको माग गर्दै वीरगन्जमा धर्ना तथा प्रदर्शन कार्यक्रम सुरु भएको छ ।

वीरगन्जका समाजसेवी, चिकित्सक, युवा राजनीतिकर्मी, बुद्धिजीबीहरुले बुधबारदेखि घन्टाघरमा धर्ना तथा प्रदर्शन गरेका छन् ।

डा.केसीको माग पूरा नभएसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि निरन्तर धर्ना र प्रदर्शन कार्यक्रम गर्ने प्रदर्शनकारीहरुले जनाएका छन् ।

नेपाली जनताको स्वास्थ्यका अभिभावक डा. केसीले स्वास्थ्य क्षेत्र एवम् शिक्षा क्षेत्रको बेतिथी र सुधारका लागि यो १९औ सत्याग्रह अनसन सुरु गरेका छन् ।

डा.केसीको समर्थनमा एक्यवद्धता जनाउँदै समर्थकहरुले सुरु गरेको एकघण्टे कार्यक्रममा डा. उदय नारायण सिंह, अधिवक्ता पन्नालाल पटेल, सामाजिक अभियन्ताहरु प्रकाश थारु, बृजेश्वर चौधरी, मनोज मिश्रा, लालबाबु सिंह, ओमप्रकाश सर्राफ, कमल चौगाइ, मोनिका सिंह, ज्योती साह, कन्हैया पटेल, मन्टु श्रेष्ठ, अबिनाश झा लगायत अभियन्ताहरु प्रदर्शनमा उत्रेका छन् ।

प्रदर्शनकारीहरुले डा. केसीको माग पूरा गर, डा. केसी को जीवन रक्षा गर, डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन, कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ सुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर, दलिय भागबन्डा बन्द गर, लुटतन्त्र बन्द गर लगायत का नारा अन्कित हाते बैनर बोकि नारा पनि लगाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ