जनकपुरधाम, २२ असोज । डा. गोविन्द केसीको समर्थनमा जनकपुरधाममा विरोध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. केसीको समर्थनमा बुधबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको हो ।
रामानन्द चोकमा जनकपुरधामका युवा तथा कोभिड–१९ क्विक रेस्पोन्स टिमको आयोजनामा विरोध प्रदर्शन गरे । केसीका माग जायज भएपनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै सडक अवरुद्ध गर्दै उनीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यवद्धता र संघीय सरकारको गैरजिम्मेवारीपनका विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताए ।
तपाईको प्रतिक्रिया