तराई अस्पतालमा एक महिला एकै साथ जन्माइन तीन सन्तान

समाचार

12/11/2020

वीरगन्ज, २६ मंसिर । वीरगंज महानगरपालिका लक्षमणवास्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा सन्तानलाई जन्म दिएकी छन् ।

जिल्ला रौतहट बन्कुलटोलकी २२ वर्षीय अनिता देवीले एकै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई जन्म दिएकी छन् ।

एक–एक मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिइन् ।

जन्म लिएका बच्चाहरुमध्ये २ जना बालक र एक जना बालिका रहेकालाई अस्पतालबाट विशेष सुविधा दिई तीनै जनालाई आईसियु कक्षमा राखिएको छ ।

बच्चाहरु जन्म लिँदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पताल का प्रशासन प्रमुख शिव शंकर पटेलले जानकारी दिएका छन् ।

३ वटा बच्चा जन्म दिएकी आमा अनिता देवीका श्रीमान र उनका आफन्तहरु ३ वटै बच्चाहरु सकुशल भएको देखेर हर्षित भएका छन् ।

अस्पताल श्रोतका अनुसार जन्मिएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य भएको चिकित्सक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ