दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई पक्राउ

समाचार

10/7/2020

बाँके, २१ असोज । नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ