नेपालगन्ज, २६ भाद्र । नेपाल सद्भावना पार्टीको बर्दिया जिल्ला अध्यक्ष रहेको सोहराब पठान सहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश भएका छन् ।
जनमत पार्टीको नेता नीति र नियत उचित र उपयुक्त भएको हुनाले जनमत पार्टीमा प्रवेश भएको नेता पठानले बताए ।
वकालत पेशा सम्हाल्दै आएका सदभावना पार्टीकै जिल्ला सचिव भोला राम राजवंशी थारुले जनमत पार्टी मात्र थारु र मधेशीहरुलाई जोडेर अगाडि समग्र तराई मधेशको उत्थानगरिने एक मात्र पार्टी भएको थारुले बताए ।
जनमत पार्टीले जनताराज स्थापना गरिने, १० लाख रोजगारी सृजना गरिने, ILO-169 लागू गराउने, समाजवाद र सामाजिक न्याय र प्रत्यक्ष लोकतन्त्रको लागू गराउने आफ्नो पार्टीको घोषणापत्रमा राखेको हुनाले सबैले प्रशंसा गरेका थिए ।
त्यस्तै अन्य पार्टीको नेताभन्दा जनमत पार्टीको नेता स्वच्छ र वैज्ञानिक भएको र अन्य पार्टी र संगठनबाट विभाजन नगरि जनताबाट बनेको पार्टी भएको हुनाले हामीलाई जुडना सहजभएको लगभग सबैले भनेका थिए । सहजकर्ताको भूमिका जनमत पार्टीको संस्थापक सदस्य तथा केन्द्रीय सदस्य अब्दुल खाँले गरेका थिए ।
तपाईको प्रतिक्रिया