‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’

समाचार

1/6/2021

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

बुधबार निकालिएको जुलुसमा ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको ब्यानरसहित अनेरास्ववियुले प्रदर्शन गरेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी भएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो ।

मंगलबार मन्त्रीहरुलाई कालो झण्डा देखाउने र सबै कलेजहरुमा कालो ब्यानर राख्ने काम गरेको अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ