काठमाडौं, १८ असोज । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ ।
कोरोना महामारीबाट पीडित बनेकाहरुको सहयोग स्वरुप देव महिला समाज काठमाडौंले राहत सामग्री वितरण गरेको हो ।
आर्थिक सहयोग मेजर इन्जिनियर राजेश देव, संगीता देव, अराध्या देब लगायतहरुको सहयोगमा देव महिला समाज काठमाडौंले राहत सामग्री वितरण गरेको छ । सो कार्यक्रमको संयोजन नबिन देब तथा सहजकर्ता राजिब देबको नेतृत्वमा भएको छ ।
देव महिला समाज काठमाडौंले पशुपती क्षेत्र, बनकालीमा राहत वितरण कार्यक्रम गरेको थियो । सो कार्यक्रममा लगभग २ सय पीडितहरुलाई राहत सामग्री प्रदान गरिएको जनाइएको छ ।
देव महिला समाज काठमाडौंले यसअघि रत्नपार्कमा पनि खाना तथा राहत वितरण गरेको थियो । देव महिला समाजले पछिल्लो समय गरिब असहाय, विपन्न, दलित लगायतलाई सहयोग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया