दसैंले नेपालीको राम्रो भाग्य ल्याओस् : भारतीय राजदूत

समाचार

10/28/2020

काठमाडौं, १२ कार्तिक । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् । उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् ।

नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ