धनुषाको ढल्केवरमा १५ शैय्या अस्पताल भवनको शिलान्यास

समाचार

11/30/2020

धनुषा, १५ मंसिर । धनुषाको मिथिला नगरपालिकामा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको स्वास्थ्य चौकीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको हो ।

एक स्थानीय तह, एक अस्पताल बनाउने सरकारको योजनाअन्तर्गत सो अस्पताल निर्माण गर्न लागिएको हो । सोमवार मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र उपमेयर तारा कुमारी बस्नेतले अस्पताल भवनको शिल्यानास गरेका हुन् ।

पञ्चवर्षीय योजनामा रहेको सो अस्पताल संघीय सरकारको करिब १८ करोडको लागतमा निर्माण हुन लागेको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले जानकारी दिए । उनले पहिलो चरणमा यस वर्षका लागि सरकारले ३ करोड २३ लाख रुपैयाँ छुट्याएको बताए ।

चालु आर्थिक वर्षमा देशभर ३९६ स्थानमा पाँच देखि १५ शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारको योजना छ ।

सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ