जनकपुरधाम, १ चैत । मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै धनुषाको विभिन्न स्थानमा मदिरा तथा माछा, मासु विक्री वितरणलाई निषेध गरिएको छ।
शनिबारदेखि सुरु हुने मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै विश्रामस्थलको क्षेत्रमा मदिरा तथा माछा–मासु विक्री वितरणलाई निषेध गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिएका छन् ।
१५ दिने मिथिला परिक्रमाको क्रममा नेपाल र भारतको विभिन्न १५ वटा विश्राम स्थलमध्ये धनुषामा पर्ने विश्राम स्थलहरुमा परिक्रमा पुग्नुभन्दा २४ घण्टा अगावैदेखि त्यस क्षेत्रको १ किलोमिटर वरिपरि पशुपंछी वध तथा मासु मदिरा विक्री वितरणमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी कर्णले जानकारी दिए ।
शनिबार परिक्रमाको विश्रामस्थल जनकपुरधामको हनुमानगढीमा रहेको छ । त्यस्तै चैत ८ गते आइतबार पर्वता, ९ गते सोमबार धनुषाधाम, १० गते मंगलबार सत्तोषर, ११ गते बुधबार औरही, १४ गते शनिबार जनकपुरधाम र १५ गते आइतबार अन्तरगृही परिक्रमा जनकपुरधाममा रहेकोले यहाँ मासु तथा मदिराको विक्री वितरणमा रोक लगाइएको हो ।
मिथिला मध्यमा परिक्रमालाई मिथिलाको महाकुम्भको रुपमा लिने गरिन्छ । परिक्रमामा धनुषा, महोत्तरी र सिमावर्ती भारतको विहारको केही क्षेत्रमा परिक्रमाको विश्रामस्थल हुन गर्छ ।
तपाईको प्रतिक्रिया