धनुषा र महोत्तरीका उच्च र जिल्ला अदालत भदौ १५ सम्म बन्द रहने

समाचार

8/25/2020

जनकपुरधाम, ९ भाद्र । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढदै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयकै कर्मचारीहरु नै कोरोनाबाट संक्रमित भएका कारण अत्यावश्यक सेवा बाहेक सम्पूर्ण भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

केही साता अगाडी मात्रै उच्च अदालत जनकपुरका एक न्यायधिशमा कोरोना संक्रमण देखिएको थियो भने सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोनाको संक्रमण देखिएको थियो ।

बन्द अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ