धान किन्न बोराको अभाव

समाचार

12/3/2020

कैलाली, १८ मंसिर । कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् ।

टीकापुर नगरपालिका–८, सूर्यपुरका किसान धनसिंह साउदले सरकारले धानको उचित भाउ दिए पनि बोराको अभावले अहिलेसम्म धान बिक्री गर्न नसकेको बताए ।

३५ बिघा जग्गामा उत्पादन भएको धानमध्ये अहिलेसम्म जम्मा छ ट्राली धान बेचेको बताउँदै साउदले धान बिक्री डिपोबाट बोरा छैन भन्दै फर्काएकाले बाँकी धान घरमै राख्न बाध्य भएको सुनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ