बारा, २७ कार्तिक । कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ४० वर्षीय उपेन्द्र प्रसाद साहलाई घाँस काट्ने ग्रासी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय पटेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाटोमा हिँडिरहेका उपेन्द्रलाई एक्कासी ग्रासीले बिजयले टाउकोमा प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले घाइतेलाई अस्पताल पुर्याीउनुको साथै बिजयलाई पक्राउ गरेको हो ।
ग्रासी प्रहारबाट घाइते भएका उपेन्द्रको बीरगंज न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया