महोत्तरी, २३ मंंसिर । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं. २ बाट प्रदेश सदस्य एवं केन्द्रीय सदस्यमा विजय कुमार साह निर्वाचित भएपछि मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ को वडा कार्यालयले स्वागत तथा सम्मान गरेका छन् ।
महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीको पूर्वअध्यक्षसमेत रहिसकेका मटिहानी निवासी साह नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा प्रदेश नं. २ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित साहलाई मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले दोसल्ला ओढाई एक कार्यक्रममा सम्मान गरेका हुन् ।
मटिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य विजय कुमार साह महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, मटिहानी नगरपालिका वडा नं. ८ र ६ का वडा अध्यक्षहरु गणेश प्रसाद साह र रामबाबु नायक लगायत चन्देश्वर साह, रामजी मण्डल, बरुण मण्डल, रामएकवाल पुर्वे, कलिम अंसारी लगायतले शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया