नेकपा कार्यदलः नेपाल–भारत सीमा समस्या र समाधान गर्न यस्ता छ सुझाव

समाचार

8/25/2020

काठमाडौैं, ९ भाद्र । सत्तारूढ नेकपको कार्यदलले नेपाल–भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले गठन गरेको कार्यदलले १७ पृष्ठ लामो प्रतिवेदनमा सीमा समस्या समाधानका लागि पनि विभिन्न सुझाव दिएको छ ।

नेकपा महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल सदस्य रहेका थिए ।

‘नेपाली जनता पञ्चशीलका सिद्धान्त, सार्वभौम समानता, आपसी सम्मान र लाभका मान्यताका आधारित सुमधुर, समस्यारहित र विश्वासयुक्त नेपाल–भारत सम्बन्धको पक्षमा छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः छिमेकी मित्रराष्ट्र भारतलाई ऐतिहासिक तथ्यहरूको सम्मान गर्न, सुगौली सन्धिअनुसार काली (महाकाली) पूर्वका सबै भूभाग नेपालका हुने भनने यथार्थलाई स्वीकार गर्न र नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्वारा समस्याको समाधान गरेर मात्र एक्काइसौं शताव्दी सुहाउँदो नयाँ सम्बन्धको विकास गर्न सकिन्छ भन्ने यथार्थलाई आत्मसात गर्न आग्रह गर्दछ,’ कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ