काठमाडौं, २६ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई नेताबीच नेकपा र भाजपाबीच भाइचारा सम्बन्ध बिस्तार गर्नेबारे छलफल भएको जनाइएको छ ।
चौथाइवाला नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । भारतीय नेता चौथाईवाला बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव पौडेलसँग भेटवार्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया