नेकपा विभाजनमा चिनियाँ राजदूतको चासो

समाचार

12/24/2020

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी विभाजन औपचारिक रुपमा हुन बाँकी छ । पार्टीका दुई अध्यक्षहरु केपी ओली र पुष्पकलम दाहालले आआफनो गुटको भेला गरेर छुट्टै केन्द्रीय समिति बनाएका छन् ।

नेकपा फुटको अन्तिम संघारमा पुगिसकेको बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले विगत झै अहिले पनि नेकपालाई अझै मिलाउने अन्तिम प्रयास थालेकि छन् ।

नेकपा विभाजन भएपनि एकसाथ चुनाव लड्ने अवस्था बनाउन र सकेसम्म एक बनाउने यान्छीको प्रयास रहेको जनाइएको छ । चिनियाँ राजदूत यान्छीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिकि थिइन भने बिहीबार नेकपा अध्यक्ष दाहालसँग भेट गरेकी हुन ।

नेकपालाई चिनियाँ पहलमा एक बनाइएको र अझै पनि एक बनाउने प्रयासस्वरुप यान्छी सक्रिय भएकी हुन । यसअघि पार्टी भित्र पटक पटक विवाद उत्पन्न हुँदा पनि उनको सक्रियाता बढेको थियो । अहिले पनि नेकपामा विभाजनको रेखा कोरिए पछि उनी सक्रिय भएकी हुन । अध्यक्ष प्रचण्डलाई भेट्न याङ्छी उनको निवास खुमलटार पुगेकी थिइन् । सो क्रममा अध्यक्ष प्रचण्ड र राजदूत याङ्छीबीच आधा घण्टा कुराकानी भएको बुझिएको छ ।

त्यसक्रममा राजदूत याङ्छीले प्रचण्डसँग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो राखेकी थिइन् । यसअघि पनि नेकपमा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ