नाका खुलाउन काँकडभिट्टामा दैनिक प्रदर्शन

समाचार

12/17/2020

झापा, २ पुस । नेपालको पूर्वी नाका खोल्नुपर्ने माग राख्दै व्यवसायीहरुले दिनहुँ प्रदर्शन गर्ने गरेका छन् ।

सोही क्रममा काँकडभिट्टाका व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काँकडभिट्टामा बसपार्कमा आयोजित शान्तिपूर्ण प्रर्दशनकै बिच प्रहरीले हस्तक्षेप गरेको हो ।

पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले केहीबेर बसपार्कमा यातायात बन्द गरेर प्रदर्शन गरेका थिए ।

कोरोनाको संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सीमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको र जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ