काठमाडौं, १ मंसिर । बिहारको मुख्यमन्त्रीको रुपमा नितिशकुमारले शपथ ग्रहण गरेका छन् । राजभवनमा राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् ।
नितिशकुमारसँगै १४ मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा गृहमन्त्री अमित शाह र बीजेपी अध्यक्ष जेपी नड्डा पनि सहभागी थिए । कांग्रेस र आरजेडीले शपथ ग्रहण समारोहका बहिष्कार गरेका थिए ।
सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।
तपाईको प्रतिक्रिया