नेपालगञ्ज उपमहानगरकी उपमेयर कोरोनाबाट संक्रमित

समाचार

10/13/2020

नेपालगञ्ज, २७ असोज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले उपमेयर थापालाई कोरोना पुष्टि भएको जानकारी दिए ।

केही दिनदेखि अस्वस्थ रहेकी उपमेयर थापालाई भेरी अस्पताल, नेपालगञ्जमा पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ । अस्पतालले उक्त विवरण भने सार्वजनिक गरिसकेको छैन । झण्डै एक महिनादेखि अस्वस्थ रहेकी थापालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ