बाँके, ४ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेमा थप एकजना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।
योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया