नेपालबाट ४१ चिनियाँ निकालिए

समाचार

9/16/2020

काठमाडौ, ३१ भाद्र । सरकारले नेपालमा रहेका ४१ जना चिनियाँ नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले शंकास्पद गतिविधि गर्दै आएका चिनियाँलाई निष्कासन गरेको हो । उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबब्ध लगाइएको छ ।

अध्यागमन विभागले भने उनीहरू प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न भएको जनाएको छ । गृह मन्त्रालयले भदौ ४ मा २२ जना चिनियाँलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले शंकास्पद गतिविधिमा संलग्न भएको पाइएकाले ती चिनियाँ नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको बताए ।

कतिपय चिनियाँहरू पर्यटक प्रवेशाज्ञामा व्यापारमा संलग्न थिए भने कतिपय भिसाको म्याद गुज्रिएकाहरू थिए । गत पुस ७ गते चिनियाँ सुरक्षा निकायको गोप्य सूचनाका आधारमा नेपाल प्रहरीले अवैध रूपमा नेपाल बस्दै आएका चिनियाँ नागरिकविरुद्ध अप्रेसन चलाएको थियो । त्यस बेला प्रहरीले १ सय २५ वटा राहदानी जफत गरेको थियो । सोही बेला भिसाको दुरुपयोग गरी विभिन्न स्थानमा अवैध ढंगले बसेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ