‘नेपाल–भारत पार्टनरसिप समिट’ हुने

समाचार

12/20/2020

काठमाडौं, ५ पुस । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानी भित्र्याउन पहल गर्न लगानी बोर्डलाई आग्रह गरेको छ।

संघको प्रतिनिधि मण्डलले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग भेटवार्ता गर्दै यो विषयमा ध्यानाकर्षण गराएको हो ।

संघले भारतबाट भित्रिने लगानी विस्तारै घट्दो क्रममा रहेकाले त्यसलाई बढाउने विषयमा पहल गर्न आग्रह गरेको हो ।

भारतीय लगानी भित्र्याउन भारतीय संघले द्विपक्षीय ‘नेपाल–भारत पार्टनरसिप समिट’ आयोजना गर्न लागेको जनाएको छ । यो समिट एक वर्ष भारतमा र अर्को वर्ष नेपालमा गर्ने लक्ष्य राखिएकोमा लगानी बोर्डलाई प्रमुख साझेदारको रूपमा सहभागी हुन प्रस्तावसमेत गरिएको थियो ।

यसको माध्यमबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्ताको लागि सहजीकरणका लागि भारतको दिल्लीमा ‘नेपाल इनोभेसन सेन्टर’ स्थापना गर्न लागिएको पनि जानकारी गराइएको छ । यसका लागि पनि लगानी बोर्डले आवश्यक सहयोग गर्नुपर्ने प्रस्ताव संघले गरेको छ ।

संघले भारतीय दूतावासलाई सहभागी गरी त्रिपक्षीय सम्झौताको सहयोगमा भारतीय लगानी भित्र्याउन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन लगानी बोर्डले सहमतिका साथै साझेदारीको भूमिकासमेत निर्वाह गर्नुपर्ने आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ